मानव आवाज

२०८३ जेष्ठ १३ गते
00: 00: 00
२०८३ जेष्ठ १३ गते

भदौ २४ को घटना पूर्वतयारी सहितको आपराधिक गतिविधि : मानवअधिकार आयोग

ललितपुर । जेनजी आन्दोलनका नामले परिचित २०८२ भदौ २४ को तोडफोड, हत्या हिंसा पूर्वयोजनासहित रहेको राष्ट्रिय मानव अधिकार आयोगले उल्लेख गरेको छ ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा भदौ २४ को घटनालाई आपराधिक गतिविधिको रूपमा हेरेर अनुसन्धान गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ ।

प्रतिवेदनमा भनिएको छ-‘भदौ २४ गतेको घटना भदौ २३ गतेको घटनाबाट प्रभावित, आक्रोशित व्यक्तिको कारणले सुरुवात भएको देखिए तापनि भदौ २४ गतेको घटनाको प्रकृति अवस्था एकै समयमा एकै उद्देश्य लिई देशैभरि भएको देखिँदा यी घटनाहरू अगाडिदेखि नै गरिएको पूर्वयोजना अनुसार सङ्गठित रूपमा गरिएको आपराधिक कार्य हुन् ।’

आयोगले भदौ २४ गते प्रदर्शनकारीको कुटपिटबाट तीन जना नेपाल प्रहरीको मृत्यु हुनु, नेता तथा कार्यकर्ता र सुरक्षा निकायका कर्मचारीमाथि साङ्घातिक हमला गरी घाइते बनाइनु, सो दिन २१ जना व्यक्तिहरू आन्दोलनकारीद्वारा गरिएको आगजनीमा परी मृत्यु हुनु, सोमध्ये पनि नौ जनाको मात्र पहिचान भएर १२ जनाको अझै पहिचान हुन नसक्नु, प्राध्यापक रविलक्ष्मी चित्रकारलगायत कयौँ व्यक्तिहरू जलेका कारण गम्भीर घाइते हुनु, देशैभर अरबौँको सम्पत्ति तोडफोड तथा आगजनी हुनुलाई सङ्गठित अपराधको रूपमा हेरिनुपर्ने जनाएको छ ।

Author

Share the News

Related News