काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २०८३ वैशाख २८ गते सोमबार दिउँसो २ बजे सङ्घीय संसद भवन, सिंहदरबारमा दुवै सदनको अधिवेशन आह्वान गरिएको हो ।
यसअघि २०८३ वैशाख १७ गतेका लागि वैशाख ९ गते संसद अधिवेशन आह्वान गरिएकामा वैशाख १० गते स्थगित गरिएको थियो ।
यसबिचमा विभिन्न आठओटा अध्यादेश जारी भएबाट संसद अधिवेशन अध्यादेश जारी गर्नकै लागि स्थगित भएको बुझ्न सकिन्छ ।
