ललितपुर । गोदावरी नगरपालिकामा गुणस्तरीय शिक्षाको पर्याय बनेको कञ्चन अङ्ग्रेजी माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा आफ्नो शैक्षिक उत्कृष्टता र विशेषताहरू सार्वजनिक गरेको छ । वि.सं. २०४८ मा स्थापना भएको यस विद्यालयले २०५६ मा एसएलसीको पहिलो ब्याच उत्पादन गरेको थियो भने हाल २७ औँ ब्याचले एसइई परीक्षा दिएको छ । करिब ६ सय विद्यार्थी अध्ययनरत यस विद्यालय गोदावरी क्षेत्रकै धेरै विद्यार्थी भएको अग्रणी शैक्षिक संस्था मानिन्छ । कञ्चन अङ्ग्रेजी माध्यमिक विद्यालय गोदावरी नगरपालिका-११, प्याङ्गाउँमा छ ।

विद्यालयले विद्यार्थीहरूको समग्र विकासलाई केन्द्रमा राख्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यहाँ सुव्यवस्थित पाठ्यक्रममार्फत शैक्षिक ज्ञानसँगै व्यवहारिक सिकाइलाई सन्तुलनमा राखिन्छ, जसले विद्यार्थीमा बलियो ज्ञान, समालोचनात्मक सोच तथा समस्या समाधान गर्ने क्षमता विकास गर्न सहयोग पुर्याउँछ ।

कञ्चनमा अनुभवी र समर्पित ५७ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । उनीहरूले प्रत्येक विद्यार्थीलाई माया, ध्यान र व्यक्तिगत मार्गदर्शन प्रदान गर्दै शैक्षिक उपलब्धिसँगै व्यक्तित्व विकासमा पनि जोड दिएका विद्यालयका संस्थापक प्रिन्सिपल नवराज महतले बताउनु भयो ।

पाठ्यपुस्तकमा मात्र सीमित नरही विद्यालयले सह-पाठ्यक्रम क्रियाकलाप, अनुशासन तथा जीवनमूल्यहरूलाई प्राथमिकता दिँदै आत्मविश्वासी र सक्षम नागरिक निर्माणमा ध्यान केन्द्रित गरेको छ । सुरक्षित, प्रेरणादायी र सहयोगी वातावरणका कारण विद्यार्थीहरू स्वतन्त्र रूपमा सिक्न, अन्वेषण गर्न र आफ्नो क्षमता विकास गर्न प्रेरित हुन्छन् । रमणीय वातावरणमा अवस्थित विद्यालयमा पूर्व-प्राथमिक र माध्यमिक तहका लागि छुट्टाछुट्टै दुई ब्लकको व्यवस्था गरिएको छ । सुदृढ भौतिक पूर्वाधारले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको छ ।

विद्यालयका प्रधानाध्यापक नवराज महत भन्नुहुन्छ-“शिक्षा केवल शैक्षिक सफलता हासिल गर्ने माध्यम मात्र होइन, जिम्मेवार र सहानुभूतिशील नागरिक निर्माण गर्ने प्रक्रिया पनि हो । हाम्रो लक्ष्य विद्यार्थीलाई बौद्धिक, भावनात्मक तथा सामाजिक रूपमा सक्षम बनाउनु हो ।” उहाँले थप भन्नुभयो-“प्रत्येक बालबालिकामा फरक क्षमता हुन्छ, जसलाई माया, समर्पण र सही मार्गदर्शनमार्फत विकास गर्नु हाम्रो कर्तव्य हो । शिक्षक, अभिभावक र समुदायको सहकार्यमा हामी विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरू आत्मविश्वास र इमान्दारिताका साथ सामना गर्न सक्षम बनाउँछौं ।”

गुणस्तरीय शिक्षाका लागि विश्वासिलो नाम बनेको कञ्चन अङ्ग्रेजी माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रका लागि भर्ना खुला गरेको छ । विद्यालयले अभिभावक तथा विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक वातावरणमा जोडिन आह्वानसमेत गरेको छ ।

विद्यालयका संस्थापक प्रधानाध्यापक नवराज महतसँग मानव आवाजको शैक्षिक आवाजका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत छ ।