मानव आवाज

२०८३ बैशाख १८ गते
00: 00: 00
२०८३ बैशाख १८ गते

मे दिवसका अवसरमा श्रमिक अधिकार संरक्षणको माग

काठमाडौँ । मे दिवसको अवसरमा पेसागत महासङ्घ नेपालका अध्यक्ष प्रेमलकुमार खनालले श्रमिकहरूको अधिकार संरक्षण गर्न सरकारसँग माग गर्नुभएको छ ।

उहाँले देशविदेशमा रहेका सम्पूर्ण श्रमिकहरूलाई शुभकामना व्यक्त गर्दै मे दिवस श्रमिकहरूको “एकता, वीरता र सङ्घर्ष” को प्रतीक भएको बताउनुभएको छ ।

शिकागोमा सन् १८८६ मा भएको श्रमिक आन्दोलनको स्मरण गर्दै उहाँले श्रमिकहरूले ठूलो बलिदानबाट अधिकार प्राप्त गरेको उल्लेख गर्नुभयो ।

अहिले पनि श्रम क्षेत्रमा शोषण कायमै रहेको भन्दै न्यून ज्याला, अस्थायी र करार व्यवस्थाले श्रमिकहरू पीडित भएको उनको भनाइ छ ।

खनालले वर्तमान सरकारले ल्याएको प्रतिबद्धतापत्रमा ट्रेड युनियन अधिकार खारेज गर्ने सङ्केतप्रति आपत्ति जनाउँदै यसले संविधान र अन्तर्राष्ट्रिय श्रम मापदण्डको उल्लङ्घन हुने बताउनुभयो ।

ट्रेड युनियन अधिकार श्रमिकहरूको मौलिक अधिकार भएको उल्लेख गर्दै उहाँले त्यसमा हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

उहाँले शिक्षक, कर्मचारी तथा अन्य श्रमिकहरूको समस्या समाधान गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

Author

Share the News

Recent News

Related News