मानव आवाज

२०८३ बैशाख १३ गते
00: 00: 00
२०८३ बैशाख १३ गते

विविधतामा एकता झल्काउने विद्यार्थीहरूको प्रस्तुति

ललितपुर । गोदावरी नगरपालिका-१४ ठैवस्थित फूल्चोकी माध्यमिक विद्यालयमा कक्षा ११ अन्तर्गत सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक परियोजना कार्य प्रस्तुति सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यार्थीहरूले राई, लिम्बू, मगर, नेवारी, नेपाली, तामाङ लगायत विभिन्न समुदायका गीत तथा नृत्य आआफ्नै परम्परागत पहिरनमा प्रस्तुत गरेका थिए । यसले विद्यालय परिसरमा विविध संस्कृतिको जीवन्त झल्को दिएको थियो ।

त्यसैगरी, विद्यार्थीहरूले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा ‘विविधतामा एकता’ कायम गर्न युवाको भूमिका विषयमा मन्तव्य प्रस्तुत गरेका थिए ।

उक्त क्रममा उराँव, याक्खा, राई, लिम्बू, मगर, नेवारी, थारू लगायतका १२ भाषाको प्रयोग गरिएको थियो ।

कार्यक्रम संयोजक तथा विषय शिक्षक नवराज सञ्जेलका अनुसार, यस्तो गतिविधिले विद्यार्थीलाई समाजमा सहज रूपमा घुलमिल हुन, असल सामाजिक प्राणी बन्न र सामाजिक सीप विकास गर्न सहयोग पुर्‍याउँछ ।

विद्यालयले सामाजिक एकता र पारस्परिक सद्भाव अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई वार्षिक कार्ययोजनामा समेट्दै आएको जनाएको छ ।

Author

Share the News

Recent News

Related News