काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-टू अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले यूएईलाई हराएको छ ।
आज भएको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको हो । नेपालले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १ सय ६३ रन बनाएर अलआउट भयो ।
यूएईका हर्पि्रत सिंहले ३९ र मोहम्मद वसिमले ३४ रन बनाउनुभयो । नेपालका करण केसीले ४ विकेट लिनुभयो । यो जीतसँगै नेपालले २ अङ्क थप गरेर २१ खेलमा १४ अङ्क बनाएको छ ।
अङ्क तालिकाको अन्तिम दुईमा रहेका नेपाल र यूएई दुवै टोलीलाई शीर्ष-६ मा रहेर एकदिवसीय मान्यता जोगाउने मुख्य चुनौती छ ।