काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् बैठक आह्वान गरेका छन् ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा २०८३ वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
यो अधिवेशन बजेट अधिवेशन पनि हो । २०८३ जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा बजेट पेस गर्नुपर्छ । बजेटअघि प्रि-बजेट छलफलसमेत हुने गर्छ ।
