काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नु भएको छ ।
२०८२ चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले २०८२ चैत १९ गते दिउँसो २ बजे संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनु भयो ।
