मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

हेलचक्क्राईं गरी ज्यान मारेको आरोपमा ओली र लेखक पक्राउ

काठमाडौँ । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचक्क्राईं गरी ज्यान मारेको’ अभियोगमा पक्राउ गरेको छ ।

तीन दिन अघि सञ्चारमाध्यमबाट सार्वजनिक भएको जेनजी आन्दोनल जाँचबुझ आयोगको प्रतिवेदनमा उहाँहरूले भदौ २३ को घटना हुँदा लापरवाही गरेको ठहर गरेको उल्लेख छ ।

प्रतिवेदनमा  पूर्वप्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता आकर्षित हुने उल्लेख गरेको थियो ।

मुलुकी अपराध संहिताका १८१, १८२ र १८३  लाई कोट गर्दै प्रहरीले पक्राउ परेको छ ।  उक्त दफामा ‘हेलचक्र्याईं गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ ।

‘२०८२ भदौ २३ गते बानेश्वर संसदपरिसरबाहिर प्रहरीको गोलीबाट प्रदर्शनकारीहरूको मृत्यु भएको सम्बन्धमा माथि विवेचना गरिसकिएकै छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ को उपदफा (१) मा कसैले लापर्वाहीपूर्ण (Reckless) काम गरी कसैको ज्यान मार्न हुँदैन भन्ने कानुनी व्यवस्था रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘उपदफा (२) मा उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई दफा १७७ (ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने), १७८ (ज्यान जान सक्ने काम गर्न नहुने) र १७९ (गम्भीर उत्तेजना वा रिसको आवेशवाट ज्यान लिन नहुने । यी तीन अवस्थामा बाहेक केही माथि उल्लेखित तीन पदाधिकारीहरूका सम्बन्धमा यो दफा १८१ को प्रावधानअनुसार लापर्वाही र सोही संहिताको दफा १८२ अनुसार ‘हेलचेक्र्याइँ’ (Negligence) गरी ज्यान मार्न नहुने प्रावधानअनुसार प्रहरीको गोलीले जेन–जी प्रदर्शनकारीहरूको ज्यान मर्न थालेपछि झण्डै ४ घण्टासम्म गोली नरोकेर ‘हेलचेक्र्याइँ’ (Negligence) पूर्ण क्रियाकलाप गरेको अवस्था पनि देखिन आयो ।’-प्रतिवेदनमा भनिएको छ ।

Author

Related News