मानव आवाज

२०८२ चैत्र १ गते
00: 00: 00
२०८२ चैत्र १ गते

काठमाडौँ । मतगणना सम्पन्न भइ निर्वाचित प्रमाणपत्र पाइसक्दा पनि विवादमा रहेको धनुषा-१ को मुद्दामा सर्वोच्चले अन्तरिम आदेश नदिएसँगै मातृकाप्रसाद यादवको जितले मान्यता पाएको छ ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले उम्मेदवारी खारेजविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

यससँगै धनुषा क्षेत्र नं १ मा विजयी घोषित भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदावर मातृकाप्रसाद यादवले मान्यता पाएका छन् ।

निर्वाचन आयोगले किशोरी साह कर्जा सूचना केन्द्रको  कालोसूचीमा परेको भन्दै यादवलाई विजयी घोषणा गरी प्रमाण पत्र प्रदान गरेको थियो । 

Author

Related News