काठमाडौँ । तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ ओटै राजनीतिक दलले समानुपातिकतर्फका सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाएका छन् ।
दलहरुले यसअघि बुझाएको बन्दसूचीबाट तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा नामावली बुझाएका हुन् ।
दलहरुले बुझाएको नाम क्लष्टर अनुसार मिलेको भएमा सार्वजनिक गर्ने र नमिलेमा मिलाउनका लागि समय दिने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनु भयो ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ जना नेपाली कांग्रेसबाट २० जना नेकपा एमालेबाट १६ जना नेकपाबाट नौ जना तथा श्रम संस्कृति पार्टी र राप्रपाबाट चारचार जना गरी १ सय १० जना सांसद समानुपातिकको बन्द सूचीकबाट छानिने आयोगले जनाएको छ ।