मानव आवाज

२०८२ फाल्गुन २६ गते
00: 00: 00
२०८२ फाल्गुन २६ गते

स्कूलको स्टोरमा चितुवा, डार्ट गरेर उद्धार !

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर-कुसुन्ती हाइटको माछापुच्छ्रे स्कूलको स्टोरबाट २०८२ फागुन २६ गते बिहान एक चितुवाको सफलतापूर्वक उद्धार गरेको छ ।

सहरभित्रको विद्यालयमा चितुवा आएको जानकारी पाएपछि चिडियाखानाको प्राविधिक टोली, सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर तथा ललितपुर महानगरीय प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको थियो ।

टोलीले सुरक्षित तरिकाले बेहोस बनाउने औषधि भएको सुई बन्दुकबाट प्रहार (डार्ट) गरेर चितुवालाई नियन्त्रणमा लिएको हो ।

उद्धार गरिएको चितुवा करिब १० वर्षको र करिब ६० केजी तौलको रहेको अनुमान गरिएको छ ।

चितुवालाई उपचारका लागि सदर चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको चिडियाखाना प्रमुख सत्यनारायण साहले जानकारी दिनु भएको छ । उहाँका अनुसार उपचारपछि चितुवालाई पुनः प्राकृतिक बासस्थानमै छोडिनेछ ।

Author

Related News