मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

प्रचारमा बालबालिकालाई संलग्न नगर: आयोग

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई प्रचारप्रसारमा बालबालिका संलग्न नगराउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गर्नु भएको विज्ञप्तिमा झण्डा बोकाउने, र्‍याली तथा सांस्कृतिक कार्यक्रममा सहभागी गराउनेजस्ता गतिविधि आचारसंहिता विपरीत भएको उल्लेख गरिएको छ ।

आचारसंहिता उल्लङ्घन भएमा १ लाख रुपियाँसम्म जरिबाना वा उम्मेदवारी रद्द हुन सक्ने चेतावनी दिँदै आयोगले बालबालिकाको अध्ययनमा असर पर्ने कुनै पनि राजनीतिक गतिविधि नगर्न आग्रह गरेको छ ।

Author

Related News