मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

मिनीट्रक दुर्घटनामा चारको मृत्यु,एकको पहिचान भएन

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका-१ बाउन्नडाँडामा भएको मिनी ट्रक दुर्घटनामा चार जनाको ज्यान गएको छ भने एक मृतकको अझै सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार लेलेबाट इँटा र त्रिशुल लिएर कालेश्वर महादेवको मन्दिरतर्फ जाँदै गरेको बागमती प्रदेश-०१-००४ क ६२२८ नम्बरको मिनी ट्रक २०८२ फागुन १ गते राति करिब ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा मिनिट्रक धनी एवम् चालक गोदावरी नगरपालिका–६ निवासी ५२ वर्षीय गणेश खड्का र लेले मनकामना मन्दिरका पुजारी ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका बुढानिलकण्ठ नगरपालिका-८ का ५५ वर्षीय गोपी कार्कीको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो । अर्का एक जना पुरुषको नाम थर वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको ट्रक घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । मृतक चारै जनाको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Author

Related News