मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सातौँ सिन्धुली महोत्सव २०८२ सम्पन्न

रुद्रबहादुर खड्का, सिन्धुली ।

कमलामाई नगरपालिकामा आयोजना गरिएको सातौँ सिन्धुली महोत्सव २०८२ माघ १९ गते समापन भएको छ ।

माघ ९ गतेदेखि सञ्चालन भएको महोत्सव सिन्धुली उद्योग वाणिज्य सङ्घ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा भएको हो ।

उद्योग वाणिज्य महासङ्घका जिल्ला–नगर उपाध्यक्ष सुशील वैद्यको प्रमुख आतिथ्यतामा एक समारोहबीच महोत्सवको समापन गरिएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैद्यले उद्योग वाणिज्य सङ्घहरूले मेला–महोत्सव आयोजना गर्नुभन्दा बढी कृषक, उद्योगी–व्यवसायी, युवा र महिलाको उद्यमशीलता विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सबै क्षेत्रको सहकार्यमा उद्यमशीलता प्रवर्धन गर्न पर्याप्त तालिम र सीपमूलक कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो ।

महोत्सव समापन गर्दै सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन श्रेष्ठले महोत्सवले लोप हुँदै गएको खैजडी भजन र रत्यौली नाचजस्ता मौलिक संस्कृतिको संरक्षण र प्रवर्धनमा टेवा पुगेको बताउनु भयो ।

महोत्सवबाट अपेक्षित नाफा नभए पनि खर्च कटाएर बचत हुने रकम विपन्न नागरिक सहायता कोष र शववाहन खरिदमा लगानी गरिने उहाँले जानकारी दिनु भयो ।

“सिन्धुली महोत्सव २०८२ को पहिचान, समुन्नत र समृद्ध सिन्धुली हाम्रो अभियान” भन्ने नारासहित आयोजित महोत्सवमा रैथाने बाली तथा कृषिजन्य वस्तु, हस्तकला, घरेलु उद्यमबाट उत्पादित सामग्री, दैनिक उपभोग्य वस्तु, अटोमोबाइल्स, विभिन्न यान्त्रिक उपकरण, सूचना तथा इलेक्ट्रोनिक्स सामग्रीको प्रदर्शनी तथा बिक्री गरिएको थियो ।

समापन कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Author

Related News