काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ भाग लिने दलहरूको सूची सार्वजनिक गर्दै निर्वाचन आयोगले १ सय दललाई ९३ ओटा निर्वाचन चिन्ह प्रदान गरेको छ ।
मङ्सिर २१, २२ र २३ गरी तीन दिनको अवधिमा समानुपातिकतर्फ निर्वाचनमा भाग लिन निवेदन दिएका दलमध्ये समीक्षा तथा छानबिनपछि अन्तिम रूपमा १ सय दललाई योग्य ठहर गरिएको हो ।
तर, केही निर्वाचन चिन्हका लागि दुई वा दुईभन्दा बढी दलले एउटै चिन्हमा दाबी गरेकाले आयोगले कुल ९३ ओटा चिन्ह मात्र वितरण गरेको जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार, साझा चिन्हका लागि दाबी भए पनि कानुनी रूपमा दर्ता र निवेदनको आधारमा आयोगले दलगत मान्यता कायम गर्दै चिन्ह वितरण प्रक्रिया पूरा गरिएको हो ।