मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

जेनजेड आन्दोलनमा ७६ जनाको मृत्यु, ६ सय ८८ सरकारी कार्यालयमा आगजनी

काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गते जेनजेड आन्दोलनका क्रममा देशभर व्यापक जनधनको क्षति भएको विस्तृत विवरण सार्वजनिक गरेको छ ।

सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले २०८२ असोज ३१ गते काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त दिन भएका मानवीय र भौतिक क्षतिको विवरण प्रस्तुत गर्नु भएको हो ।

सेनाका अनुसार सो दिन देशभर ४ सय ५४ स्थानमा आन्दोलन भएको र त्यस क्रममा ७६ जनाले ज्यान गुमाएका छन् ।

मृतकमध्ये २२ जना प्रदर्शनकारी, तीन जना प्रहरी, १० जना कैदीबन्दी र ४१ जना अन्य नागरिक रहेका जनाइएको छ ।

सेनाले सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतमा भएको क्षतिको विवरण पनि सार्वजनिक गरेको छ ।

सेनाका अनुसार यी सबै घटनाहरू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर देश छोडिसकेपछि, सेनाले राति १० बजे सडकमा निस्किनु अघि नै भएका हुन् ।

Author

Related News