मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

कांग्रेस, एमाले र रास्वपासहितका ३१ दलका ७६ जना बन्द सूचीबाट हटाइए

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये कांग्रेस, एमाले र रास्वपासहितका ३१ दलका ७६ जनाको नाम हटाएको छ ।

निर्वाचन आयोगले २०८२ माघ १९ गते प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसका एक, एमालेका एक र रास्वपाका एकसहितका ३१ दलका ७६ जनाको नाम हटाइएको जनाएको हो ।

कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका, प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका, निर्वाचन आयोगबाट तोकिएको जरिबाना भुक्तान नगरेका,पच्चीस वर्ष उमेर पूरा नभएका लगायत उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भएको छ । 

Author

Share the News

Recent News

Related News