मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

जेन-जी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहणका क्रममा मुख्य सचिव एकनारायण अर्यालले जेन-जी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको बताउनु भएको छ । उहाँले मृतकका परिवारलाई १० लाख रुपियाँ राहत दिने घोषणा गर्नु भएको छ ।

मुख्य सचिव अर्यालले अब युवाको भावना समेटेर काम गर्नका लागि पनि कर्मचारीहरूलाई आग्रह गर्नु भएको छ । उहाँले जलाइएका संरचना क्रमश निर्माण हुँदै जाने समेत जानकारी गराउनु भयो ।

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले २०८२ भदौ २९ गते पदभार ग्रहण गर्दै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्ने बताउनु भएको छ ।

उहाँले ज्यान गुमाएका परिवारलाई आवश्यक राहत समेत दिने बताउनु भयो । कार्कीले घाइतेहरूको उपचार निःशुल्क गर्ने र उपचारमा सहयोगी रहेका परिवारलाई समेत केही राहत दिने बताउनु भएको छ ।

Author

Related News