मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

देशभर एमालेका ६४ कार्यालयमा आगजनी, १५८ भन्दा बढी घर-व्यवसायमा क्षति

ललितपुर । २०८२ भदौ २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनको क्रममा नेकपा एमालेको केन्द्रीय कार्यालयसहित देशभरमा रहेका पार्टीका ६४ ओटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको एमालेले जनाएको छ ।  

त्यस्तै एमालेका नेता र कार्यकर्ताका १ सय ५८ ओटा भन्दा बढी घर तथा व्यवसायमा क्षति पुर्‍याएको उल्लेख गरिएको छ ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले २०८२ असोज ८ गते केन्द्रीय कार्यालयमा बसेको बैठकमा पार्टी कार्यालयहरू तथा पार्टीका नेता-कार्यकर्ताको निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरणको समीक्षा गर्दै यस्तो तथ्याङ्क प्रस्तुत गर्नु भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उहाँले आगजनी र तोडफोड भएका अधिकांश कार्यालयको सरसफाई र मर्मत-सम्भारको काम सुरु भइसकेको बताउनु भयो ।

उहाँका अनुसार आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडबाट भएको क्षतिको सरसफाई र मर्मतको काममा पार्टी कार्यकर्ताहरू स्वयम्सेवी भावनाका साथ परिचालित भइरहेको समेत उल्लेख गर्नु भयो ।

Author

Related News