मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

तीन महिनामा प्रेस स्वतन्त्रता हननका ६१ घटना, ४६ जना पीडित

काठमाडौँ । पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ६१ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

गएको साउन १ गतेदेखि असोज ३१ गतेको अवधिमा सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको हो ।

तीमध्ये सबैभन्दा धेरै आक्रमण र कुटपिटका ३४ घटना रहेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी धम्की/दुर्व्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा/अवरोधका पाँच र नीतिगत बन्देजका दुई ओटा घटना अभिलेखित छन् ।

प्रदेश अनुसार सबैभन्दा धेरै बागमतीमा ४४, मधेशमा ६, लुम्बिनीमा चार, कोशीमा तीन, कर्णालीमा एक र सुदूरपश्चिममा तीन ओटा घटना घटेका छन् ।

लैङ्गिक आधारमा यस अवधिमा भएका घटनामा ४३ पुरुष र तीन महिला गरी ४६ जना पत्रकार पीडित भएका पाइएको छ ।

Author

Related News