भक्तपुर । एसईई परीक्षा २०८१ को नतिजा सार्वजनिक हुँदा ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले २०८२ असार १३ गते साँझ सार्वजनिक गरेको नतिजाअनुसार जम्मा विद्यार्थीको ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले पत्रकार सम्मेलन गरेर यो कुराको जानकारी दिनु भएको हो ।
एसईईको परिणाम सार्वजनिक भएपछि हुने हल्ला र अङ्कको होडबाजीले शिक्षाको गुणस्तरभन्दा अङ्कको व्यापारलाई प्राथमिकता दिइरहेको देखिन्छ ।
जबसम्म शिक्षाको केन्द्रीकरण अन्त्य गरी स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरिन्न, बालबालिका शिक्षाको अधिकार प्रयोग गर्नबाट वञ्चित भइरहने छन्।
एसईईलाई अरु परीक्षा जस्तै सामान्य बनाउन र स्थानीय तहलाई पूर्ण जिम्मेवारी दिनुपर्ने माग शिक्षाविद्हरूको बढ्दो छ।