मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

रुपन्देही-३ उपचुनावमा २६ दल सहभागी हुने (सूचीसहित)

ललितपुर । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को आसन्न उपचुनावमा २६ दल सहभागी हुने भएका छन् ।

निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका २७ दलमध्ये रित पूरा गरेका २६ दललाई मात्र योग्य घोषणा गरेको हो ।

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भने आवश्यक विवरण नदिएकाले अयोग्य ठहरिएको आयोगकी प्रवक्ता नीता पोखरेलले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार नाउपाले केन्द्रीय समितिको निर्णय लगायतका आवश्यक कागजात पेस गरेको थिएन ।

आन्तरिक विवादका कारण नाउपाबाट दुई समूहले छुट्टाछुट्टै निवेदन दर्ता गरेका थिए । संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ गते निवेदन दिनु भएको थियो भने अध्यक्ष रञ्जिता श्रेष्ठले अन्तिम दिन साउन २७ गते निवेदन दर्ता गराउनु भएको थियो ।

Author

Related News