पोखरा । नेपाल खानेपानी संस्थान काठमाडौको आयोजनामा संस्थान मातहतका विभिन्न शाखाका कर्मचारीलाई पानी मापन मिटर व्यवस्थापन तथा परीक्षणसम्बन्धी तालिम २०८२ मङ्सिर २ र ३ गते पोखरामा सञ्चालन गरिएको छ ।
तालिममा जलेश्वर शाखाका निमित्त प्रमुख सुरेन्द्रकुमार साह, नेपाल खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयका प्रमुख लक्ष्मण पाण्डे र पोखरा शाखाका सिमिरि विमल तिमिल्सिनाले प्रशिक्षण दिनु भएको थियो ।
जाईकाका प्रतिनिधि मियो सानले प्रशिक्षण दिँदै प्राविधिकरुमा कर्मचारीलाई दक्ष बनाउन सकेमात्र उपलब्धि हुनेमा जोड दिनु भएको थियो ।
तालिमको समापन सत्रमा प्रशिक्षक सुरेन्द्रकुमार साहले तालिममा सिकेको सीपलाई सदुपयोग गर्न आग्रह गर्नु भएको थियो ।
सहभागिको तर्फबाट हेम्जा शाखाका कर्मचारी प्रधुम्न बस्नेतले तालिम फलदायी भएको बताउनु भयो ।

तालिम शाखा प्रमुख बुद्धरत्न महर्जनले सहभागिलाई प्रमाणपत्र प्रदान गर्दै खानेपानी संस्थानले क्रमैसँग विभिन्न तहमा कार्यरत कर्मचारीलाई तालिम प्रदान गरिरहेको बताउनु भयो ।
महर्जनले उपभोक्तालाई बुझाउन सहज र सरल जनशक्ति निर्माणको लागि तालिम प्रभावकारी हुने भनाइ राख्नु भयो ।
तालिमले कर्मचारीलाई टेक्निकल र सुपरीवेक्षणमा सहज पुग्ने महर्जनको भनाइ रहेको छ । आगामी दिनमा सिकेको सीपलाई व्यवहारमा उतार्न उहाँले प्रशिक्षार्थीलाई आग्रह गर्नु भएको थियो ।
नेपाल खानेपानी संस्थान पोखरा शाखाका लेखा प्रमुख पुष्पराज जोशी, बजेट शाखाका प्रमुख दिपेश्वर मण्डल र प्रधान कार्यालयका कर्मचारी निशा प्रधानाङ्गले सहजीकरण गर्नु भएको तालिमबाट २२ प्रशिक्षार्थी लाभान्वित भएको पोखरा शाखाका कर्मचारी वसन्तराज भण्डारीले मानव आवाजलाई जानकारी दिनु भयो ।