मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

जीवन उपयोगी तालिमबाट २२ जना बालिका लाभान्वित

पोखरा । “बालबालिका आफ्नो अधिकारमा रमाइरहेको समृद्ध समाज” भन्ने नारासहित चिल्ड्रेन नेपाल, पोखराले सामुदायिक विद्यालयमा अध्ययनरत बालिकाहरूलाई लक्षित गरी ‘जीवन उपयोगी तथा नेतृत्व विकास तालिम’ २०८२ साल कात्तिक १ गते पोखरामा आयोजना गरेको छ ।

कार्यक्रमका प्रमुख वक्ता तथा चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले सहभागीहरूलाई शुभकामना दिँदै तालिममा सिकिएका ज्ञान र सीपलाई दैनिक जीवनमा व्यवहारमा उतार्न तथा समुदायमा प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिनु भयो ।

उहाँका अनुसार, सिकाइ केवल तालिमको कोठासम्म सीमित नराखी व्यवहार र सामाजिक परिवेशमा कार्यान्वयन गर्न सके मात्र वास्तविक प्रभाव देखिने छ ।

तालिममा विशेष रूपमा जीवन उपयोगी १० ओटा महत्वपूर्ण सीपहरूमा केन्द्रित गरिनुका साथै ती सीपहरू आत्मसात् गर्दै कसरी नेतृत्व क्षमता विकास गर्न सकिन्छ भन्ने विषयमा पनि गहिरो छलफल र अभ्यास गरिएको थियो ।

कार्यक्रमका संयोजकद्वय रमेशप्रसाद सुवेदी, सुजाता गैरे र सुपरभाइजरहरू महेन्द्र पौडेल, सुनिता तिमिल्सिना तथा लीला न्यौपानेले अन्तरक्रियात्मक विधिबाट सहभागीहरूलाई जीवनोपयोगी सीप र नेतृत्व विकासका आयामहरूबारे सहजीकरण गर्नु भएको थियो ।

सहभागी बालिकाहरूले तालिमलाई प्रेरणादायी र उपयोगी भएको प्रतिक्रिया दिएका छन् । सहभागी अनिशा सुनारले भन्नु भयो-“यो तालिमले हाम्रो आत्मविश्वास बढाएको छ र भविष्यमा जिम्मेवार नागरिक बन्न प्रेरणा दिएको छ ।”

कास्की जिल्लाका १० ओटा सामुदायिक विद्यालयका २२ जना बालिका यो तालिमबाट प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

Author

Related News