मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

मधुमेहसम्बन्धी सचेतनाबाट २ सय ३ जना लाभान्वित 

पोखरा । सन्२०२५-२६ वर्षको “खुशीका लागि सेवा” भन्ने मुख्य नारा रहेको लायन्स क्लब अफ पोखरा डेस्टिनेसन र गण्डकी बहुप्राविधिक शिक्षालयको संयुक्त आयोजनामा सञ्चालित “मधुमेह निवारण एवम् नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम” २०८२ मङ्सिर १२ गते पोखरा सम्पन्न भएको छ ।

प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ एम नेपालका क्याबिनेट सेक्रेटरी जगन्नाथ तिमिल्सिनाले मधुमेहका लक्षण, जाँच विधि, नियमित स्वास्थ्य परीक्षणको महत्व तथा समुदायस्तरमा अपनाउन सकिने व्यवहारिक उपायहरूबारे सचेतना कार्यक्रमले प्रभावकारी हुने र आम नागरिकले आहार विहारमा ख्याल गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रा.डा. सरस्वती न्यौपाने शर्माले मधुमेह नियन्त्रण तथा स्वस्थ जीवनशैलीसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।

प्रा.डा. शर्माका अनुसार विश्वभर करिब १.३ मिलियन मानिसले हरेक वर्ष मधुमेहका कारण ज्यान गुमाइरहेको तथ्यले मधुमेह कति तीव्र गतिमा बढिरहेको छ भन्ने सङ्केत गर्छ ।

मधुमेहप्रति जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले नोभेम्बर १४ लाई विश्वभर विश्व मधुमेह दिवसका रूपमा मनाइँदै आएको भनाइ राख्नु भयो ।

डिस्ट्रिक जिएलटी को–अर्डिनेटर लक्ष्मण तिमिल्सिना, गण्डकी बहुप्राविधिक शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारी, डिस्ट्रीक्ट चिफ सन्तोष शर्माले मधुमेहको रोकथाम, जोखिम कम गर्ने उपाय, खानपान र जीवनशैली सुधारका विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

क्लबका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमबाट २ सय ३ जना लाभान्वित भएका छन् ।

Author

Related News