मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

भारत पुर्‍याइएका १६ जना बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न स्थानबाट १६ जना बालबालिकाको उद्धार गरिएको छ ।

उनीहरूलाई उद्धार गरी २०८२ कात्तिक १२ गते जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ ।

मधेश प्रदेशका विभिन्न जिल्लाबाट भारतको मुम्बई, दिल्ली र बिहार राज्यका विभिन्न ठाउँ पुर्‍याइएका ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ संस्थाले उद्धार गरेर मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा उनीहरूका अभिभावकको जिम्मा लगाएको हो ।

उद्धार गरिएकामा महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका रहेका छन् ।

उनीहरूको उमेर ९ वर्षदेखि २२ वर्षसम्मको उमेर समूहका रहेको राष्ट्रिय बालअधिकार परिषद् मधेश प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिनु भयो ।

Author

Related News