मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

रेसुङा बचत तथा ऋण सहकारी संस्थाको १३औँ साधारणसभा सम्पन्न

पोखरा । रेसुङा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा २०८२ कार्तिक २२ गते पोखरा महानगरपालिका-८ सृजनाचोकमा सम्पन्न भयो ।

साधारणसभाको उद्घाटन गर्दै शेयरधनी सदस्य गुरूदत्त ज्ञवालीले गुल्मी मूलका पेशाकर्मी, व्यवसायी तथा स्थायी रूपमा पोखरामा बसोबास गर्ने सदस्यहरूले प्रवर्धन गरेको सहकारीले आफ्नो उद्देश्यअनुसार सुरक्षित लगानी र बचतकर्ताको रकमको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।


हाल सहकारीहरू बैङ्कसँग प्रतिस्पर्धामा उत्रँदा उत्पन्न समस्यालाई स्मरण गर्दै उहाँले नाफाभन्दा सेवा–मुखी कार्यलाई प्राथमिकता दिनुपर्ने र सहकारी आफू सुरक्षित रही सेवा प्रदान गर्न सचेत रहनुपर्ने बताउनु भयो ।

सञ्चालकहरूले सहकारी स्थापनाका उद्देश्य, सिद्धान्त, सञ्चालक समितिको अधिकार कर्तव्य, ऋण लगानी, असुली व्यवस्था तथा सहकारीसम्बन्धी कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनमा जोड दिए । साथै सदस्यको अर्थपूर्ण सहभागिता अनिवार्य रहेको उल्लेख गरे ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन लेखा संयोजक प्रकाश पुनले प्रस्तुत गर्नु भयो ।


आगामी आर्थिक वर्ष २०८२/८३ का कार्यक्रम र अनुमानित आयव्यय, लेखापरीक्षक नियुक्ति तथा विविध विषयमा छलफल भएको जानकारी शेयर सदस्य तथा गुल्मेली समाज पोखराका उपाध्यक्ष कृष्णप्रसाद ज्ञवालीले दिनु भयो ।

त्यसैगरी सभामा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखा समितिको प्रतिवेदन, २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा साधारणसभाको माइन्यूट प्रमाणिकरणका लागि शेयर सदस्य चयन लगायतका कार्यसूची बहुमतले पारित गरिएको शेयर सदस्य चेतबहादुर घर्तीले बताउनु भयो ।

निर्वतमान अध्यक्ष भानुभक्त भण्डारीका अनुसार प्रस्तुत प्रतिवेदन, रणनीतिक योजना तथा आगामी कार्यक्रमहरूमा प्राप्त सुझाव समेट्दै साधारणसभाले सर्वसम्मत अनुमोदन गरेको छ ।

Author

Related News