मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट १ सय २९ महिला लाभान्वित

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ को आयोजना, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा तथा शहरी स्वास्थ्य केन्द्रको समन्वय र राइट फर चिल्ड्रेन को सहयोगमा स्त्रीरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर २०८२ असोज २५ गते सम्पन्न भएको छ ।

वडा नं. १७ की अध्यक्ष राधिकाकुमारी शाही योगीले वडावासी महिला दिदीबहिनीहरूको स्वास्थ्यलाई प्राथमिकता दिँदै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताउनु भयो ।

उहाँका अनुसार, आर्थिक अभावका कारण धेरै महिला निजी अस्पतालमा गएर महँगो उपचार गर्न सक्दैनन्, त्यसैले यो शिविरले उनीहरूलाई राहत पुर्‍याएको छ ।

स्वास्थ्य जस्तो संवेदनशील विषयमा सचेत रहँदै नियमित स्वास्थ्य परीक्षण गर्न पनि उहाँले आग्रह गर्नु भयो ।

शिविरमा गण्डकी मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा. सविन श्रेष्ठको नेतृत्वमा डा. रेजिना बैज, स्वास्थ्यकर्मी अनिता शर्मा र शङ्खुकुमारी बुढाले सेवा प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा वडा सदस्यहरू शिवराम भण्डारी, तारा परियार, बिष्णुकुमारी थापा, बिक्रम गुरुङ र वडा सचिव सुरेन्द्रप्रसाद शर्माले सहजीकरण गर्नु भएको थियो ।

शिविरको अध्यक्षता वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले गर्नुभएको थियो भने स्वागत तथा उद्देश्यप्रकाश वडा सदस्य बिष्णुकुमारी थापाले गर्नु भयो । कार्यक्रम सञ्चालन शहरी स्वास्थ्य केन्द्र-१७ की प्रमुख हेलन पन्तले गर्नु भएको थियो ।

शिविरबाट १ सय २९ जना महिला लाभान्वित भएका छन् । तीमध्ये ११ जनालाई पाठेघरको मुखको क्यान्सरको थप उपचारका लागि रिफर गरिएको छ ।

रिफर गरिएकामध्ये २० देखि ४० वर्ष उमेर समूहका आठ जना र ५० देखि ६० वर्ष उमेर समूहका तीन जना रहेका छन् ।

Author

Related News