मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

निर्धारित समयसम्म १ सय २० दल दर्ता

काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि १ सय २० औटा दलले दर्ताको निवेदन दिएका छन् ।

निर्वाचन आयोगले दिएको दर्ताको समय २०८२ मङ्सिर १४ गते सकिएको छ ।

जेनजी आन्दोलनपछि जन्मिएका नयाँ दल र आयोगमा दर्ता भइरहेका दलले चुनावी प्रयोजनका लागि दर्ताको निवेदन दिएका हुन् ।

भदौ २३ र २४ गते भएको आन्दोलनपछि २५ ओटा नयाँ दल दर्ता भएका छन् ।

आयोगमा मङ्सिर १४ गतेसम्ममा नयाँ २५ ओटा दल दर्ता भएका हुन् । यससँगै आयोगमा दर्ता भएका दलको सङ्ख्या १ सय ४३ पुगेको छ ।

Author

Related News