ललितपुर । जबाफदेहिता निगरानी समितिले संवैधानिक सङ्कटको वैध समाधान, जेन–जी आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै परिस्थिति सामान्यिकरण गर्ने र राष्ट्रिय आत्मविश्वास आर्जन गर्ने उद्देश्यले १२ बुँदे सुझाव सार्वजनिक गरेको छ ।
समितिले हालको राजनीतिक अवस्था, त्यसका कारण र प्रभावहरूको गम्भीर समीक्षा गर्दै आन्दोलनलाई विद्यमान संविधानको आधाररेखा मानेर अघि बढ्नुपर्ने धारणा जनाएको छ ।
समितिका अनुसार यो आन्दोलन संवैधानिक उपलब्धिहरूलाई उल्ट्याउने वा पश्चगामी परिवर्तन गर्ने होइन, बरु सुशासन, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यको प्रवर्द्धन गर्ने उद्देश्यले आएको हो ।
समितिले मुलुकलाई पश्चगमनतर्फ धकेल्ने प्रयासलाई परास्त गर्न नागरिक समाज, सचेत मिडिया र आम नेपालीहरू एकजुट हुनुपर्नेमा जोड दिएको छ ।