रुद्रबहादुर खड्का, सिन्धुली ।
रामेछापको बेनिघाट पुल नजिकै भएको बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।
मृत्यु भएका मध्ये नौ जनाको पहिचान खुलेको छ भने तीन जनाको सनाखत हुन बाँकी रहेको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।
दोलखा भिमेश्वर नगरपालिका-७ की २५ वर्षीया बबि तामाङ, वडा-८ का ६० वर्षीय मानबहादुर तामाङ, रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ का २८ वर्षीय दीपेश बस्नेत, वडा-७ की ३५ वर्षीया सुनमाया तामाङ, ३१ वर्षीया तारा तामाङ, ३६ वर्षीय भिमबहादुर तामाङ, १६ वर्षीया रमिता तामाङ, वडा-४ का दीपेन्द्र बस्नेत र सिन्धुली गोलन्जोर गाउँपालिका-६ का ३४ वर्षीय शिव श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।