मानव आवाज

२०८३ भदौ १२ गते
00: 00: 00
२०८३ भदौ १२ गते

बाढी प्रभावितका लागि ललितपुरको १ करोड र गोदावरीको ५० लाख

ललितपुर । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ललितपुरका दुई स्थानीय तहले १ करोड ५० लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।

ललितपुर महानगरपालिकाले बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि १ करोड रुपियाँ सहयोग गर्ने भएको छ ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। महानगरपालिकाले आर्थिक सहयोगसँगै आवश्यक प्राविधिक तथा मानवीय सहयोगसमेत उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै, ललितपुरको गोदावरी नगरपालिकाले रसुवा बाढी प्रभावितका लागि ५० लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

२०८३ भदौ ११ गते बसेको कार्यपालिका बैठकले विपद्को कठिन घडीमा मानवीय सहायतास्वरूप उक्त रकम राहत तथा उद्धार कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो ।

प्राकृतिक विपत्तिमा परेका नागरिकको पीडामा मलम लगाउन तथा आपत्कालीन उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग रकम प्रदान गर्न लागिएको नगरपालिकाले जनाएको छ । (फोटोः एआइ जेनेरेटेड)

Author

सम्बन्धित समाचार