मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

हेटौँडामा सवारी दुर्घटनामा १० जना घाइते

मकवानपुर । पूर्व पश्चिम राजमार्गको हेटौँडा उपमहानगरपालिका-१५ स्थित डाइभरडाँडा सडकखण्डमा बसले कारलाई ठक्कर दिँदा १० जना यात्रु घाइते भएका छन् ।

वीरगन्जबाट २०८२ जेठ ३१ गते दिउँसो हेटौँडातर्फ आउँदै गरेको बस ब्रेक फेल भई विपरित दिशाबाट जाँदै गरेको अन टेस्ट कार र वीरगन्जबाट हेटौँडा तर्फ आउँदै गरेको ट्याङकरलाई समेत  पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा बसमा सवार चार र कारमा सवार ६ जना गरी १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते भएकाहरूको उद्वार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।

प्रहरीका अनुसार घटनास्थलभन्दा करिब १ सय मिटर अगाडि रुखमा ठक्कर खाई बस रोकिएको र ट्याङ्करको पछाडि भागमा मात्र क्षति भएको छ ।

Author

Related News