ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले २०८२ मङ्सिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्ने स्वीकृति प्रदान गर्नु भएको हो ।
